सेयर बजार सामान्य अंकले घट्यो


काठमाण्डु- मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार परिसूचक नेप्से ६.५९ अंकले घटेर १८९७.८६ विन्दुमा झरेको छ ।

आज २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता सेयर १ अर्ब २ करोड ३६ लाख ९ हजार ९६० रुपैयाँको सेयर किनबेच भएको छ । आज लगानीकर्ताले साढे ४ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले साढे ८ प्रतिशतसम्म गुमाएका छन्।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.१०, निर्जीबन बीमा समूहको ६.९९ र ट्रेडिङ समूहको उपसूचक ५.४३ अंकले बढेको छ । यस्तै विकास बैंक समूहको ४४.९७, वित्त कम्पनी २५.२१, जलविद्युत १८.०९, जीवन बीमा ११.७७, उत्पादन तथा प्रशोधन ६४.०५ र माइक्रोफाइनान्स समूहको उपसूचक उपसूचक २५.२८ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement