नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति

नेपालको मुख्य माग हवाई मार्गमा भारतसँग हुन सकेन सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल र भारतबीचको मुख्य एजेन्डाका रूपमा रहेको नयाँ हवाई प्रवेश मार्ग (एयर रुट )उपलब्ध गराउने विषयमा सहमति जुट्न सकेन।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तामा पनि नयाँ एयर रुटबारे सहमति हुन नसकेको हो।

नेपालले लामो समयदेखि नयाँ हवाई प्रवेश मार्गको माग गर्दै आए पनि यस विषयमा ठोस सहमति हुन नसक्दा अन्तरदेशीय हवाई उडान विस्तारको विषय अझै टुंगोमा पुग्न सकेन।

नेपालले महेन्द्रनगरबाट प्रवेश गर्ने एयर रुट ३१, ३३ र ३५ हजार फिटको उचाइमा उपलब्ध गराउनुपर्ने अडान राख्दै आएको छ।

भैरहवाका लागि भने नयाँ कनेक्टर थपेर भए पनि हवाई मार्ग उपलब्ध गराउन भारत सकारात्मक देखिएको छ।

उता पूर्वी नाका नजिककैको बागडोगरा विमानस्थलका लागि नेपाली आकाश प्रयोग गर्ने गरी एयर रुट उपलब्ध गराउने प्रस्तावमा नेपाली पक्ष अझै सहमत छैन। त्यहाँ भारतीय वायु सेनाका जहाजलाई पनि रुट मागिएपछि नेपालले सहमति दिन नचाहेको हो ।

यहीकारण भारतले नेपालले मागेका कुनै पनि हवाई रुट दिन सहमति जनाउन सकेन। नेपालले प्रमुख मागका रुपमा अघि सारेको हवाई रुट १२ वर्षदेखि निरन्तर अल्झिरहेको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्र सचिव अमृत राईले अनौपचारिक रूपमा समेत भारतीय पक्षसँग यस विषयमा वार्ता जारी राखेका थिए । तर भारतले बागडोगरामा अड्को थापेर नयाँ हवाई रुट दिन मानेन।

चीनसँग नजिकै हरेको बागडोगराबारेमा थप प्राविधिक अध्ययन आवश्यक रहेको जवाफ नेपालले भारतलाई दिएको थियाे । उता जनकपुर–पटना हवाई मार्ग उपलब्ध गराउने विषयमा सकारात्मक देखिएको भारत यस पटक सहमत देखिएन।

मोदीसँग बालेनको भेटवार्तामा पनि यो विषयको गाँठो फुक्न सकेन। भारतले नयाँ हवाई रुट नदिएपछि पश्चिमबाट आउने जहाजहरू निरन्तर पूर्वतर्फको सिमरा नाकामै केन्द्रित हुनुपर्ने भएको छ।