काठमाण्डु-१ मा एमालेलाई सहयोग गर्ने राप्रपा नेपालको निर्णय

काठमाण्डु-१ मा एमालेलाई सहयोग गर्ने राप्रपा नेपालको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा एमालेले काठमाण्डु क्षेत्र नम्बर १ मा प्रतिनिधिसभाका लागि किरण पौडेललाई उम्मेदवार बनाएको छ । यस क्षत्रमा पौडेललाई राप्रपा नेपालले सहयोग गर्ने भएको हो । राप्रपा नेपालले काठमाण्डु १ मा प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा नेकपा एमालेका उम्मेदवारलाई सहयोग भएको छ ।

राप्रपा नेपालका काठमाण्डु जिल्ला अध्यक्ष श्याम घिमिरले यस क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभातर्फका दुवै क्षेत्रमा एमालेले उम्मेदवारलार्ई सघाउने सहमति भएको बताए ।

जस अनुसार राप्रपा नेपालकी प्रतिनिधि सभा उम्मेदवार शान्ति केसीको तथा प्रदेशसभा तर्फ १ का द्वारिकानाथ ढुंगाना र २ का उम्मेदवार सबिना श्रेष्ठको पनि उम्मेदवारी निस्क्रिय पारिएको छ ।

उनीहरुको उम्मेदवारी निस्क्रिय पारेर राप्रपा नेपालले प्रदेश सभातर्फ १ का एमाले उम्मेदवार रामप्रसाद अमगाई र २ का उम्मेदवार गणेशप्रसाद दुलाललाई सहयोग गर्ने निर्णय गरेको हो । संघ र प्रदेशसभाको निर्वाचन यहि मंसिर ४ गते हुने भएको छ ।