काठमाण्डु- नेकपा एमालेका तर्फबाट काठमाण्डु क्षेत्र नम्बर १ का उम्मेदवार किरण पौडेलले आफूले कुनै उम्मेदवारलाई सहयोग नगर्ने बताएका छन् ।
मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत प्रचारप्रसारको अन्तिम समयमा आफूले राष्ट्रिय प्रजातन्त्र पार्टाी (राप्रपा) का रवीन्द्र मिश्रलाई समर्थन गर्छ भनेर भ्रम फइलाइएको बताउँदै उनले आफूले कसैलाई सहयोग नगर्ने दावी गरेका हुन् ।
बिहीबार पत्रकार सम्मेलनमार्फत मिश्रलाई सहयोग नगर्ने प्रष्ट पारे । ‘रवीन्द्र मिश्रलाई समर्थन गर्छ भन्ने भ्रम फैलाउने काम भएको छ । म सदनमा छिरिसकेपछि रवीन्द्र मिश्रजीले सञ्चार नीति कस्तो बनाउने भनेर सहयोग गर्नुहोला ।’, उनले भने ।
काठमाण्डु १ मा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल नभएको पौडेलको भनाइ छ ।




प्रतिक्रिया