काठमाण्डु-७ की उम्मेदवार मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

काठमाण्डु-७ की उम्मेदवार मानुषीलाई राप्रपा नेपालका उम्मेदवारको समर्थन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राप्रपा नेपालबाट काठमाण्डु- ७ मा उम्मेदवारी दिएका कुमार श्रेष्ठले सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईलाई समर्थन गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी निस्क्रिय पारेको र मानुषीलाई समर्थन गर्ने जनाएका हुन् ।

नेपाल समाजवादीकी नेता मानुषी माओवादी केन्द्रको चुनाव चिन्ह लिएर यस क्षेत्रबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेकी छिन् । श्रेष्ठ कमल थापा नेतृत्वको राप्रपा नेपालबाट तीर चुनाव चिन्ह लिएर उम्मेदवार थिए।