संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा

संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धन काठमाण्डु क्षेत्र नं ५ ले आज चक्रपथमा आयोजना गरेको बृहत् चुनावीसभालाई सम्बोधन गर्दै उनले अघिल्लो सरकारले दुई पटकसम्म संसद विघटन गरेर लोकतन्त्रलाई धरापमा पारेको आरोप लगाए ।

“विगत पाँच वर्षमा दुई तिहाइ बहुमत प्राप्त गरेको कम्युनिष्ट सरकारले संसद् विघटन गरेकाले सिङ्गो देशको विकासमा असर प¥यो, संविधानको रक्षा गर्दै संसद् जोगाउनका लागि गठबन्धन निर्माण भएको हो”, उनले भने।

महामन्त्री थापाले आगामी पाँच वर्ष कांग्रेस नेतृत्वको गठबन्धनले खेर नफाल्ने समेत बताए।