प्रधानसेनापतिको सैनिक सहायकमा खड्का,ढकालले पाए डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी

प्रधानसेनापतिको सैनिक सहायकमा खड्का,ढकालले पाए डेपुटी फोर्स कमाण्डरको जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी बिष्णु खड्कालाई सैनिक सहायकको जिम्मेवारी दिएका छन् ।

सेनामा निकै महत्वपूर्ण मानिने सैनिक सहायक (एमए) बनाइएका खड्का राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख अंगरक्षक भइसकेका जर्नेल हुन्। हाल उनी नेपाली सेनाको बालाजुमा रहेको एक नम्बर बाहिनीको बाहिनीपतिका रुपमा कार्यरत रहेका छन्।

हालका सैनिक सहायक सहायकरथी चोक ढकालले लेवनानमा डेपुटी फोर्स कमाण्डरको नियुक्ति पाएपछि खड्कालाई प्रधानसेनापतिले आफ्नो सहायकको रुपमा सरुवा गरेका हुन् ।

ढकाल डेपुटी फोर्स कमाण्डरको नियुक्ति पाउने थोरै नेपाली सैनिक अधिकारीमध्ये एक हुन् । उनले महासेनानी हुंदा समेत गोलानहाइटमा चिफ अफ स्टाफको रुपमा काम गरेका थिए । सैनिक सहायकको लागि सहायकरथी सन्तोषबल्लभ पौडेल समेत दौडमा थिए । तर, प्रधानसेनापतिले अन्तिममा खड्कालाई उक्त जिम्मेवारीमा ल्याएका हुन् ।