मेरो जीत सुनिश्चित छ: पम्फा भुसाल

मेरो जीत सुनिश्चित छ: पम्फा भुसाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुर ३ सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी प्रतिनिधिसभा उम्मेदवार पम्फा भुसालले मतदान गरेकी छिन् ।

आइतबार भुसालले ललितपुरको कुपण्डोलस्थित राजतीर्थ मतदान केन्द्रबाट मतदान गरेकी हुन्। ‘मतदान गर्दा उत्साहित छु र मेरो जीत पनि सुनिश्चित छ। ’, मतदान गरेपछि भुसालले भनिन् ।

उक्त क्षेत्रमा नेकपा एमालेबाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. तोसिमा कार्की चुनावी मैदानमा छन् ।