तिङ्कर-छाङरुवासीको पिडाः ५ दिनको बाटो हिँडेर खसाले मत

तिङ्कर-छाङरुवासीको पिडाः ५ दिनको बाटो हिँडेर खसाले मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा देशभर मतदान भइरहेको छ । बिहानैदेखि मतदाताहरु मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । यसैबिच दार्चुलाको व्यास गाउँपालिका १ का मतदाताले जिल्ला सदरमुकाम खलङ्गामा आएर मतदान गरेका छन् ।

यस क्षेत्र अन्तर्गत पर्ने छाङरु र तिङ्करबासीहरुले ५ दिनको बाटो हिँडेर मतदान गरेका हुन् । जसअनुसार उनीहरू कात्तिक २९-३० गते नै मतदान गर्नको लागि सदरमुकाम आइपुगेका थिए । उनीहरूले मतदान गरेको खलंगाको मतदान केन्द्र गाउँबाट २८ कोषको दूरीमा छ ।

तिङ्कर र छाङरुबाट सिधै सदरमुकाम आउने बाटो छैन । सिधै सदरमुकाम आउने बाटो नभएकाले तिङ्कर र छाङरु बासीहरुले पाँच दिनको बाटो हिडेर सदरमुकाम पुग्नुपर्ने समस्या छ ।