निर्वाचन आयोगले भन्यो- सामान्य विवादमा मतदान स्थगित नगर्नु

निर्वाचन आयोगले भन्यो- सामान्य विवादमा मतदान स्थगित नगर्नु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- निर्वाचन आयोगले सामान्य विवाद भएको ठाउमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ ।

कतिपय जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेका बेला आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न निर्देशन दिएको हो ।

साथै स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न आयोगले आग्रह गरेको छ ।