बाजुराकाे स्वामिकार्तिकमा मतपेटिका जलाइएपछि मतदान स्थगित

बाजुराकाे स्वामिकार्तिकमा मतपेटिका जलाइएपछि मतदान स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा  – स्वामीकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपत्र जलाइएको छ। प्रदेशसभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी गरिएपछि निर्वाचन स्थगित भएको हो ।

कसले आगो लगाएको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए । देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। अहिले त्यहाँ मतदानको सम्पूर्ण प्रकिया रोकिएको छ।