रोकिएका १५ वटा केन्द्रको मतदान कार्य फेरि सुरु गर्ने प्रयास भइरहेको छ : आयोग

रोकिएका १५ वटा केन्द्रको मतदान कार्य फेरि सुरु गर्ने प्रयास भइरहेको छ : आयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले विभिन्न स्थानमा रोकिएका मतदान प्रक्रिया सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ । अपरान्ह साढे ३ बजेसम्म रोकिएका १५ मतदान केन्द्रको मतदान कार्य पुनः सुरु गर्ने प्रयास भइरहेको आयोगको भनाइ छ ।

साथै आयोगले अहिले देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाएको छ । आइतबार बिहान ७ बजेबाट देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि निर्वाचन भइरहेको छ ।