काठमाण्डु – नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् ।
उनी प्रतिनिधिसभा निर्वाचन २०७९ को पहिलो विजेतासमेत बनेका छन् । योगेश ३ हजार ९९२ मतसहित विजयी भएका हुन् । उनले एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मत अन्तरले हराए ।
योगेश नेपाली कांग्रेसका मुस्ताङ सभापति तथा पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।




प्रतिक्रिया