१० हजार ४३६ मतगणना सकिँदा दुर्लभ अघि, पछ्याउँदै महेश

१० हजार ४३६ मतगणना सकिँदा दुर्लभ अघि, पछ्याउँदै महेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुर क्षेत्र नम्बर-२ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयको अनुसार अहिलेसम्म १० हजार ४३६ मत गणना सकिएको छ ।

गणना भएको मत अनुसार नेपाली कांग्रेस अगाडि देखिएको छ भने दोस्रो स्थानमा नेकपा एमाले रहेको छ । कांग्रेस उम्मेदवार दुर्लभ थापा क्षेत्रीले ४ हजार ११९ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका एमालेका महेश बस्नेतले ३ हजार ६८४ मतसहित पछ्याइरहेका छन् । यस्तै, नेपाल मजदूर किसान पार्टीका अनुराधा थापामगर ८६९सहित तेस्रो स्थानमा छन् ।