मकवानपुरमा डिनाको डबलभन्दा बढी मतको अग्रता, कमल थापा दोस्रो स्थानमा

मकवानपुरमा डिनाको डबलभन्दा बढी मतको अग्रता, कमल थापा दोस्रो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मकवानपुर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’ले डबलभन्दा बढी मतले अग्रता लिएकी छिन् । उनले प्रतिस्पर्धी एमालेको सूर्य चिन्ह लिएर उम्मेदवारी दिएका राप्रपा नेपालका कमल थापालाई चार सय ३८ मतले पछि पारेकी छिन् ।

मकवानपुर प्रतिनिधिसभा १ मा हालसम्म १३ सय ३५ मतगणना भएको छ । जसमा डिनाले सात सय ८९ र थापाले तीन सय ५१ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका दिपकबहादुर सिंहले ५० मत प्राप्त गरेका छन् ।