काठमाण्डु -५ मा प्रदीप पौडेलकाे अग्रता, पछि परे ईश्वर

काठमाण्डु -५ मा प्रदीप पौडेलकाे अग्रता, पछि परे ईश्वर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु क्षेत्र नम्बर ५ को मतगणना जारी छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेसले प्रारम्भिक अग्रता कायम गरेको छ ।

१०० मत गन्दा कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले २५ मतका साथ अग्रता बनाएका हुन् । उनलाई एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका ईश्वर पोखरेलले १८ मतका साथ पछ्याइरहेका छन् ।

राप्रपाका रामप्रसाद उप्रेती, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणय शम्शेर राणा र नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोलको ११-११ मत पाएका छन् ।