महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

महोत्तरी १ मा मतगणना सुरु, क्रस मतलाई सदर गर्ने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ । क्रस मत सदर गर्ने सहमतिपछि मतगणाना सुरु भएको हो । मतगणना प्रदेश (ख) बाट सुरुवात गरिएको छ । पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणाना हुने भएको हो ।

मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ । १ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो ।

महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्सिबास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् । यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।