काठमाडौं–१ बाट प्रकाशमान सिंह निर्वाचित, १२५ मतले हारे रविन्द्र मिश्र

काठमाडौं–१ बाट प्रकाशमान सिंह निर्वाचित, १२५ मतले हारे रविन्द्र मिश्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंहले राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई १२५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले ७ हजार १४३ मत ल्याए भने उनका निकटम प्रतिद्धन्द्धी मिश्रले ७ हजार १८ मत पाए ।

यसअघि २०७४ को निर्वाचनमा पनि सिंहले मिश्रलाई ८ सय मतान्तरले पराजित गरेर चुनाव जितेका थिए । काठमाण्डौं क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले ४ हजार १ सय १५, एमालेका किरण पौडेलले ३ हजार ५ सय ३२ मत र सुशासन पार्टीका रमेश खरेलले ३ हजार १ सय २४ मत पाएका छन् ।

सिंह २०४८ मा काठमाडौं–४ मा र २०५१ मा काठमाडौं–३ मा पराजित भएका थिए । त्यसपछि उनी २०५३ सालमा राष्ट्रिय सभा भएका थिए ।

२०६४ सालमा उनले निर्वाचन क्षेत्र परिवर्तन गरेर पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं–१ मा आएर विजय भएका थिए । त्यसपछि लगातार उनी यसै क्षेत्रबाट चार पटक निर्वाचित भए ।