ललितपुर – ललितपुर क्षेत्र नम्बर ३ मा उर्जामन्त्री पम्फा भुसाल तेस्रो स्थानमा पुगेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले गठबन्धनबाट चुनाव लडिरहेकी भुसाललाई दोब्बरभन्दा बढी मतले पछि पारेकी छन् ।
निर्वाचन आयोगकाअनुसार कार्कीले ३८९६ मत पाएकी छन् भने नेकपा एमालेका अमृत खड्काले २९५९ मत पाएका छन् ।
गठबन्धनकी उम्मेदवार भुसालले भने १७९६ मत पाएर तेस्रो स्थानमा छिन् ।




प्रतिक्रिया