बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखमाथि आक्रमण

बाजुरामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखमाथि आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बाजुरामा प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा प्रमुख, मुख्य निर्वाचन अधिकृतमाथि आक्रमण भएको छ।

बुधबार जिल्ला समन्वय समितिको कार्यलय तथा मुख्य निर्वाचन अधिकृत कार्यलयबाट सर्वदलिय बैठक सकेर फर्कने क्रममा आन्दोलनकारीले उनीहरुमाथि आक्रमण गरेका हुन्।

मार्तडीमा रहेको लोकतान्त्रिक चोकमा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारी, मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेल, नेपाल प्रहरी, सशस्त्र प्रहरीका एसपी, डिएसपी तथा सुरक्षा प्रमुखहरुमाथि आक्रमण भएको जनाइएको छ ।

अनेरास्वीयुका कार्यकताले प्रहरी, प्रशासनविरुद्ध नारा लागइरहेका बेला उनीहरुमाथि ढुङ्गा प्रहार भएको हो । सुरक्षा निकायमाथि आक्रमण गर्नेको खोजि भइरहेको प्रहरीले जनाएको छ ।