बालगृहका बालबालिकाको सामूहिक भाइटीका

बालगृहका बालबालिकाको सामूहिक भाइटीका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् ।

नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् ।

बालबालिकालाई तिहारमा एक्लोपन महसूस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल ९ जना बालबालिका आश्रित छन् ।

अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उनले बताए ।

सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गरेका हुन् । विगत ४ वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ ।