धनगढी – कैलाली ४ मा गठबन्धनका उम्मेदवार काँग्रेस नेता वीर बहादुर बलाएर विजयी भएका छन् । एमाले उम्मेदवार लेखराज भट्टलाई पराजित गर्दै बलायर विजयी भएका हुन् ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार बलायरले २६ हजार १७१ मत पाएका छन् भने भट्टले २२ हजार ५३३ मत पाएका हुन् ।
एमालेका केन्द्रीय सचिव समेत रहेका भट्ट कांग्रेस नेता बलायरसँग ३ हजार ६३८ मतले पराजित भएका हुन् ।




प्रतिक्रिया