यी हुन् एमालेले जितेका १५ निर्वाचन क्षेत्र

यी हुन् एमालेले जितेका १५ निर्वाचन क्षेत्र

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा (एमाले) १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो।

कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ। रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।

एमालेका विजयी १५ उम्मेदवार

केपी ओली, झापा-५

योगेश भट्टराई, ताप्लेजुङ

प्रेमबहादुर महर्जन, ललितपुर-२

कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

गोकर्ण विष्ट, गुल्मी-२

डम्बरबहादुर रायमाझी, उदयपुर-२

देवराज घिमिरे, झापा-२

राजकुमार गुप्ता, पर्सा-३

टोपबहादुर रायमाझी, अर्घाखाँची

पृथ्वीसुब्बा गुरूङ, लमजुङ

महेशकुमार बर्तौला, मकवानपुर-२

विद्या भट्टराई, कास्की-२

वासुदेव घिमिरे, रूपन्देही-५

पदम गिरी, पर्वत

सूर्य थापा, प्यूठान