काठमाण्डु- डडेल्धुरा प्रदेशसभा क्षेत्र नं (१) मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट विजयी भएका छन्। निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका पठानसिंह बोहरालाई २ हजार ९०५ मतान्तरल पराजित गरेका हुन्।
पराजित बोहरा सोहि क्षेत्रबाट २०७४ को निर्वाचनमा विजयी भएका थिए। उनी भौतिक पूर्वाधार मन्त्री पनि भईसकेका छन्।
अन्तिम मतपरिणाम अनुसार भट्टले १२ हजार ११२ मत पाउँदा एमालेका बोहराले ९ हजार १९५ मत पाए । यस्तै स्वतन्त्र उम्मेद्वार महेशसिंह धामिले १ हजार ७५४ मत पाएका छन् ।




प्रतिक्रिया