काठमाण्डु- चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । हालसम्म लामिछानेले २९ हजार २१६ मत पाएर आफ्नो जित सुनिश्चित गरेका हुन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५०३ पाएका छन् । त्यस्तै नेकपा एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७७९ मत ल्याएका छन् ।




प्रतिक्रिया