कांग्रेसका महामन्त्रीद्वय संसदमा, एमाले-माओवादीका महासचिव जनमतद्धारा अस्वीकृत

कांग्रेसका महामन्त्रीद्वय संसदमा, एमाले-माओवादीका महासचिव जनमतद्धारा अस्वीकृत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- देशभर हाल प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना भइरहको छ । मंसिर ४ गते एकै चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना भइरहेको हाे ।

बिहीबार सवा १२ बजेसम्म निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मत परिणामअनुसार हालसम्म प्रतिनिधिसभामा विभिन्न पार्टीका ७३ उम्मेदवार विजयी भएका छन्।

जसमध्ये विजयी हुनेमा नेपाली कांग्रेसका महामन्त्री पनि छन् । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकास शर्मालाई चुनावी मैदानमा उतारेको थियो । दुबै महामन्त्रीद्वय थापा र शर्मा लोकप्रीय मतसहित संसद प्रवेश गर्न सफल भएका छन् ।

जसअनुसार झापा १ बाट कांग्रेसका शर्मा ३९ हजार ६२४ मतका साथ विजय भए। उनले एमालेका अग्नि खरेललाई पराजित गरेका हुन् । अग्निले २५ हजार ३४९ मत प्राप्त गरे ।

त्यस्तै काठमाण्डु ४ मा कांग्रेस महामन्त्री गगन थापाले एमालेका उम्मेदवार राजन भट्टराईलाई पराजित गरे । थापाले २१ हजार ३०२ मत प्राप्त गर्दा राजनले १३ हजार ८५५ मत पाए ।

यता नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई शक्तिशाली महासचिव पार्टीमा लोकप्रिय भएपनि जनतासामु भने हुन सकेनन् ।

नेकपा एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेल दाङ २ बाट पराजित भए । उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतले हराइन्। माओवादीकी शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् भने महासचिव पोखरेलले २६ हजार ६८१ मत ल्याए।

त्यस्तै माओवादी केन्द्रका महासचिव देव गुरुङ लमजुङमा एमालेका नेता पृथ्वीसुब्बा गुरुङसँग पराजित भए । पृथ्वीसुब्बाले २७ हजार ६ मतका साथ विजयी हुँदा गुरुङले २४ हजार ७०८ मत ल्याए। गुरुङ केही महिनाअघि माओवादीमा अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव बनेका थिए।