दाङ-१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

दाङ-१ मा नेपाली कांग्रेसका अनुराग खड्का विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ  – दाङ निर्वाचन क्षेत्र नं १ (२) प्रदेशसभा सदस्यमा नेपाली काङ्ग्रेसका अनुराग खड्का निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गरेका हुन् ।

विजयी खड्काले १६ हजार दुई सय २२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी केसीले १३ हजार एक सय ७० मत पाउएका निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।त्यस्तै नागरिक उन्मुक्ति पार्टीका भक्तिराम चौधरीले पाँच हजार एक सय ३९ मत पाए ।

दाङ–१ मा जम्मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये प्रदेश (१) मा ४० हजार एक सय छ र प्रदेश (२) मा ३८ हजार पाँच सय ९२ गरी कुल ७८ हजार छ सय ९८ मत खसेको थियो ।