धादिङ-१ बाट राजेन्द्र पाण्डे निर्वाचित

धादिङ-१ बाट राजेन्द्र पाण्डे निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- धादिङ १ बाट नेकपा एकीकृत समाजवादीका नेता एवं बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट धादिङ १ बाट साझा उम्मेदवार भएका पाण्डेले नेकपा एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गरेका हुन् ।

पाण्डेले ३५ हजार ९३४ मत ल्याएर विजयी हुँदा एमालेका त्रिपाठी २७ हजार ९५३ मत प्राप्त गरे । यस क्षेत्रबाट त्रिपाठी २०७४ सालको चुनावमा भारी मतका साथ विजयी भएका थिए ।

यो पटकको चुनावमा आफ्नै पूर्व सहकर्मी पाण्डेसँग पराजित भएका हुन् । यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ५६ मत ल्याएर तेस्रो भएका छन् ।