मोरङ -४ बाट माओवादीका अमनलाल मोदी विजयी

मोरङ -४ बाट माओवादीका अमनलाल मोदी विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर- नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यससंगै उनि तेस्रो पटक सांसदमा पुग्ने सबैभन्दा कान्छो सांसद समेत भएका छन् ।

मोरङ ४ बाट एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए भने उनका प्रतिस्पर्धी एमालेका ढकालले २४ हजार ४६३ मत पाए ।

मोदीले यसअघि सोही क्षेत्रबाट कांग्रेसका महेश आचार्यलाई पराजित गर्दै सांसद भएका थिए भने २०७० को संविधानसभा चुनावमा उनी समानुपातिक सांसदमा निर्वाचित भएका थिए ।