इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

इजरायली सुरक्षा कारवाहीमा दुई प्यालेस्टाइनीको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्यालेस्टाइन  – इजरायली सेनाले बिहीबार गरेको कारवाहीमा एक विद्रोही नेतासहित दुई प्यालेस्टाइनी मारिएका छन् । वेस्ट बैंकको गिरफ्तारीमा छापा मार्ने क्रममा बन्दुक लडाई सुरु भएको प्यालेस्टिनी अधिकारीहरु र इजरायली सेनाले जानकारी दिएका छन् ।

आज बिहान जेनिन शिविरमा भएको आक्रमणको क्रममा २६ वर्षीय मोहम्मद अयमान अल–सादी र २७ वर्षीय नइम जमाल जुबैदी इजरायली सेनाको गोलीबाट मृत्यु भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वादी ब्रुकिन शहरमा प्रवेश गरेर आतङ्कवादी गतिविधिमा संलग्न भएको आशङ्कामा तीन जना पक्राउ पुजी जारी रहेको व्यक्तिहरूलाई पक्राउ गरिएको इजरायल सेना जानकारी दिएको छ ।

अल–सादी, “इस्लामिक जिहाद आगङ्ककारी संगठनको एक उच्च–स्तरीय नेता पनि मारिएका सेनाले जानकारी दिएका छन् । इजरायलका निवर्तमान प्रधानमन्त्री यायर ल्यापिडले आक्रमणलाई ‘आतङ्कवाद विरुद्धको लडाईमा हाम्रो प्रत्यक्ष निरन्तरता“ भनेर प्रशंसा गनर्स भएको छ । -एएफपी