उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान

उपचारका लागि माओवादी केन्द्रका नेता पुन चीन प्रस्थान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन उपचारका लागि चीन प्रस्थान गरेका छन् ।

लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुन स्वास्थ्यमा थप समस्या देखिएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार सॅाझ फ्लाई दुबइको उडानबाट चीन उडेका हुन् ।

चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले नेपाल-चीन सिधा हवाई उडान नहॅुदा पुन दुबई, ग्वान्झाओ हॅुदै चीनको सेन्जेन जानेछन् ।

पुनका साथमा पत्नीसमेत रहेकी पूर्वसभामुख ओनसरी घर्ती पनि चीन गएकी छन् । नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो ।

चीनमा उपचार गरेपछि नियन्त्रित अवस्थामा रहेको जण्डिसको मात्रा (बिलरुबिन) चुनावी धपेडीका कारण अत्यधिक बढेपछि उनलाई फलोअप उपचारमा जान चिकित्सकले सुझाएको बताइएको छ ।