प्रदेश १ मा एमाले बन्यो ठुलो दल, सरकार बनाउन ७ सिटकाे आवश्यक

प्रदेश १ मा एमाले बन्यो ठुलो दल, सरकार बनाउन ७ सिटकाे आवश्यक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदेश १ मा नेकपा एमाले सबै भन्दा ठुलो दल बनेको छ । प्रदेश १ को प्रत्यक्ष र समानुपातिक दुर्वतर्फ सबै भन्दा बढी सिट जित्दै नेकपा एमाले ठुलो दल बनेको हो ।

जस अनुसार प्रत्यक्षमा ५६ मध्ये २५ वटा सिट जितेर ठूलो पार्टी बनेको छ । त्यस्तै समानुपातिकमा पनि १५ सिट जित्दै नेकपा एमाले सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको हो ।

प्रदेश १ मा एमाले एक्लैको ४० सिट हुनेछ । सरकार निर्माणका लागि उसलाई अब ७ सिटको आवश्यकता छ । अन्तिम मतपरिणाम अनुसार समानुपातिकमा जम्मा १८ लाख ९९ हजार १४४ सदरमत मध्ये एमाले एक्लैले ६ लाख ६५ हजार ४६० मत प्राप्त गरेर पहिलो स्थान कायम गरेको छ ।

यस्तै नेपाली काँग्रेसले ५ लाख ६२ हजार ९५६ पाएर दोस्रो स्थानमा छ भने राप्रपाले १ लाख ९८ हजार ५११ पाएको छ । यता नेकपा माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा (एकीकृत समाजवादी) ले ५५ हजार ९५७ मत पाएका छन् ।