कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सरकार लगायो ताला

कुहिएको मासु खुवाउने पार्टी प्यालेसमा सरकार लगायो ताला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कुहिएको मासु  खुवाउने काठमाडाैंकाे एउटा पार्टी प्यालेसमा शिलबन्दी गरेको छ। खाद्य प्रविधि तथा गुणस्तर विभागले काठमाडौंको सोह्रखुट्टेमा रहेको नयाँ बजार मल्टीभेन्युमा शिलबन्दी गरेको हो।

खाद्य प्रविधि तथा गुणस्तर विभागका अधिकृत ईश्वर सुवेदी, आपूर्ति, वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध विभागका अधिकृत दिपक पोखरेल र महानगरीय प्रहरी सोह्रखुट्टे र उपभोक्ताकर्मीसहितको अनुगमन टोलीले पार्टी प्यालेसमा अनुगमन गरेकोमा कुहिएको मासुु र खाद्य उत्पादन गर्दा न्यून गुणस्तर र म्याद गुज्रेका मरमसला प्रयोग गरेको पाइएपछि शिलबन्दी गरेको हो।