श्रीलङ्कालाई एफडिआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त

श्रीलङ्कालाई एफडिआईको रूपमा ५२३ मिलियन अमेरिकी डलर प्राप्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्काले यस वर्षको पहिलो छ महिनामा ५२३ मिलियन अमेरिकी डलर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्राप्त गरेको एक छ।

श्रीलङ्काका लगानी बोर्ड (बीओआई) का वरिष्ठ अधिकारी निरोसानीले यो सरकारले तोकेको वार्षिक लक्ष्यको ५२.३ प्रतिशत रहेको बताएकी छन् ।

निरोसानीले बीओआई अन्तर्गत एक हजार ५५० कम्पनी दर्ता भएकाले ५ लाखभन्दा बढी रोजगारी सृजना भएको समेत उल्लेख गरेकी छन् ।

श्रीलङ्काले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न १५ वटा स्वतन्त्र व्यापार क्षेत्रहरू बनाएको छ र सरकारले देशलाई थप लगानीमैत्री बनाउन केही कानूनहरू पुनरावलोकन गर्न खोजिरहेको बताएकी छन् ।

उनका अनुसार सन् १९७८ देखि २०२२ को मध्य सम्ममा श्रीलङ्काले २०.६ बिलियन अमेरिकी डलर एफडीआईको रूपमा प्राप्त गरेको छ।