काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले फेरि पक्राउ गरेको छ। साइबर ब्युरोले सोमबार बिहान प्रसाईंलाई पक्राउ गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ।
प्रसाईंले केही दिनअघि सामाजिक सञ्जालमार्फत जेनजी शहीद रसिक खतिवडाबारे अपमानजनक टिप्पणी गरेको आरोप छ। सामाजिक सञ्जालमा ‘छोराको लाससँग सांसद पद साटेको’ भन्ने आशयको टिप्पणी गरिएको भन्दै सांसद खतिवडाले प्रतिनिधि सभाको बैठकमै आपत्ति जनाउँदै रोएकी थिइन्।
प्रसाईंलगायतले आफू र शहीद छोरालाई लक्षित गरी अपमानजनक टिप्पणी गरेको भन्दै खतिवडाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा अनुसन्धानका लागि प्रसाईंलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया