उच्चस्तरीय वार्ताका लागि उत्तरकोरियालाई दक्षिण कोरियाको प्रस्ताव

उच्चस्तरीय वार्ताका लागि उत्तरकोरियालाई दक्षिण कोरियाको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण कोरियाले उत्तर कोरियालाई उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ।

 

 

हिउँदे ओलिम्पिक् गेम्स्‌माको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न दक्षिणकोरियाले उत्तरकोरियालाई वार्ताका लागि प्रस्ताव गरेको हो।

 

 

 

उत्तर कोरियाका नेता किम जङ अनले एउटा टोली हिउँदे ओलिम्पिक् गेम्स्‌मा सहभागी हुन फेब्रुअरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो।

 

 

दक्षिण कोरियाका एकता मामिला हेर्ने मन्त्री जो म्युङ्‍ ग्युन‍ले मंगलबार दुई देशका प्रतिनिधिहरूले ुयुद्धविराम गाउँु भनिएको पाम्मुन्जुममा भेट गर्न सक्ने प्रस्ताव अगाडि सारेका हुन्।

 

 

 

उच्च सुरक्षा दिइएको तर असैनिक क्षेत्र (डीएम्जेड्) मा पर्ने उक्त सीमावर्ती गाउँमा दुवै देशले ऐतिहासिक रूपमै वार्ताहरू गर्दै आएका छन्।

 

 

जनवरी ९ का लागि प्रस्तावित वार्तामा को को सहभागी हुन्छन् भन्ने स्पष्ट भइसकेको छैन। उत्तर कोरियाको प्रतिक्रिया आउन पनि बाँकी नै छ।

 

 

 

अघिल्लो उच्चस्तरीय वार्ता गेसङस्थित संयुक्त औद्योगिक क्षेत्रमा डिसेम्बर २०१५ मा भएको थियो।