नेपाली सेनाका अवकासप्राप्त रथी महतको निधन

नेपाली सेनाका अवकासप्राप्त रथी महतको निधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाका अवकासप्राप्त रथी बलदेव राज महतको निधन भएको छ । महतको शुक्रबार राति निधन भएको सैनिक स्रोतले जानकारी दियो ।

महतको निधन भएको पुष्टि भएपनि कारण भने खुल्न सकेको छैन । उनको शिक्षण अस्पताल महाराजगंजमा अहिले पोष्टमार्टम भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता सहायरकथी नारायण सिलवालले महतको निधन भएको जानकारी दिए । महत नेपाली सेनाको बलाधिकृतरथीबाट अवकास पाएका थिए । उनि सेनाको कामु सेनापति समेत बनेका थिए । महत पछिल्लो समय व्यवसाय र लेखनमा सक्रिय थिए ।