नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी, सिलवाल मलेसिया हिँडे

नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी, सिलवाल मलेसिया हिँडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं प्रहरी परिसरले एमाले सांसद एवं पूर्वडिआईजी नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ।

 

 

 

कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले मंगलबार प्रहरी परिसर ललितपुरलाई पत्र काटेको हो।

 

 

 

 

सिलवाल भने मलेसियाको क्वालालम्पुर हिँडेका छन्।

 

 

एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा क्वालालम्पुरमा आयोजित इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन विषयक कार्यक्रममा भाग लिन सिलवाल आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए।

 

 

 

 

सिलवालविरुद्ध गत पुस ५ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएपछि उनीहरु पक्राउ पूूर्जी जारी गरिएको हो।