क्याविन क्रुको आन्दोलनले वायुसेवा निगमका उडान प्रभावित, कार्यकारी अध्यक्ष मलेसियातिर

क्याविन क्रुको आन्दोलनले वायुसेवा निगमका उडान प्रभावित, कार्यकारी अध्यक्ष मलेसियातिर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय उडान प्रभावित भएको छ । नेपाल वायु सेवा निगमको व्यवस्थापनाले दुई जना एयर होस्टेस आरती महर्जन र स्मिता गुवाजुको बिना कारण करार नविकरण नगरेको भन्दै उनिहरु आन्दोलनमा उत्रिएपछि उडान प्रभावित भएको हो ।क्याबिन क्रुको आन्दोलनका कारण बिहिवार निगमको अन्र्तराष्ट्रिय उडान ठप्प भएको छ । उनिहरुले विभिन्न माग राख्दै बुधबारबाट काममा नआउने अडान राखेपछि निगमको उडान प्रभावित भएको हो ।

निगमको बिहिवार ६ वडा उडान प्रभावित भइसकेको छ । उडान प्रभावित हुंदा सयौं यात्रुहरु अलपत्र परेका छन् । बुधवार राति मलेसियाको लागि १० बजे उड्ने विमान राति २ बजे र दुवईका लागि ११:३० बजे उड्ने विमान राति २ः३० बजे मात्रै उडेको थियो ।

मलेसिया र दुवई उडेको टोली क्याबिन क्रुको ड्युटी समय १० घण्टा नाघेकाले उतै आराम गरिरहेको छ । दुवै टोली राति ८ मा मलेसियाबाट र ९ बजे दुबईबाट काठमाण्डु पुग्नेछ । बुधवार राति कुनै पनि क्याबिन क्रुले उडान नगर्ने अडान राखेपछि समस्या भएको थियो ।

पछि दिल्ली र बैंग्लोरबाट उडान भरेर आएका क्याबिन क्रुलाई नै राति दुबई र मलेसिया पठाइएको हो । । नेपाल एयरलाइन्समा कार्यरत १ सय ५१ जना क्याबिन क्रुमध्ये अधिकांश कर्मचारी आन्दोलनमा उत्रेका हुन् । नेपाल एयरलाइन्समा पांच जना विमान परिचालिका मात्र स्थायी छन् भने बांकी करारमा कार्यरत छन् ।

यता,क्याविन क्रु संघले विज्ञप्ति जारी गर्दै करार सेवा नवीकरण नगरेसम्म उडान नगर्ने निर्णय गरेको छ । संघले निकटका व्यक्तिहरूको मात्र करार सेवा नवीकरण गरेको तर बाँकीको नगरी काममा लगाएको आरोप समेत लगाएको छ ।

क्याविन क्रुहरुले बिहिवार पनि आन्दोलन जारी राखेपछि व्यवस्थापनले उनिहरुसंग अहिले वार्ता गरिरहेको छ । वार्ताको क्रममा शुक्रवार दिउंसो कांग्रेस निकट ट्रेड युनियनका कार्यकर्ताहरुसंग झड्प समेत भएको थियो । झड्पको क्रममा विमान परिचालिका पूजा सहनी घाईते समेत भएकी छन् ।

क्याविन क्रु संघका पदाधिकारीहरुले ट्रेड युनियनकर्मीहरुले आफुहरुमाथि हातपात गरेको आरोप लगाएका छन् । हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । नेपाल एयरलाइन्समा पछिल्लो समय व्यवस्थापनको कमजोरीका कारण संस्था नै धरासयी हुने अवस्थामा पुगेको छ ।

निगमका उडान दुईदिन देखि प्रभावित भएपनि पर्यटन मन्त्रालयले भने समस्या समाधानका लागि कुनै पहल गरेको छैन । पर्यटनमन्त्री जिवनराम श्रेष्ठ र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी दुवै जनाको भुमिका गैरजिम्मेवार देखिएको छ । मन्त्री श्रेष्ठले यो समस्याको कारण अधिकारी भएको भन्दै पन्छिने गरेका छन् । अधिकारी भने निगमभित्र गुटबन्दीमा रमाइरहेको र कुर्सी जोगाउने ध्यानमा मात्र लागेको बताइन्छ ।

वायु सेवा निगममा क्याबिन क्रुको आन्दोलनका कारण उडान प्रभावित भइरहेका, निगमलाई आर्थिक घाटा भएको र सयौं यात्रुहरु अलपत्र परेर देशकै बेइज्जत भइरहेको बेला समस्या समाधान गर्नुको सट्टा निगमका कार्यकारी अध्यक्ष अधिकारी आजबाट मलेसिया भ्रमणमा जांदैछन् ।

यो पनि पढ्नुहोस-

वायु सेवा निगममा बेथिती : क्याबिन क्रु हडतालमा उत्रेपछि उडान प्रभावित

नेपाल वायुसेवा निगमको लापरवाही : जहाजको इन्जिन स्टार्ट हुंदैन, एयर स्टार्ट युनिट पनि बिग्रियो