सुरक्षा परिषदको बैठकमा चीनले भन्याे – आतंकवाद विरुद्धका मुद्दालाई राजनीतिकरण गर्न हुन्न

सुरक्षा परिषदको बैठकमा चीनले भन्याे – आतंकवाद विरुद्धका मुद्दालाई राजनीतिकरण गर्न हुन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – चीनले आतङ्कवाद विरुद्धका मुद्दालाई राजनीतिकरण गर्न नहुनेमा चीनको जोड दिएको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका स्थायी प्रतिनिधि झाङ जुनले सुरक्षा परिषदको बैठकमा आतङ्कवाद विरुद्धका विषयमा हुने राजनीतिकरणको चीन विरोध गर्ने बताए ।

चिनियाँ राजदूतले आतङ्कवाद विरोधी मुद्दाको राजनीतिकरण, दोहोरो मापदण्ड र चयनात्मक दृष्टिकोणको विपक्षमा आफ्नो देश रहेको बताउँदै विश्वव्यापी चुनौती बनेको आतङ्कवादलाई परास्त गर्न कुनै एक देश सक्षम नभएकाले त्यसविरुद्ध सबै राष्ट्र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

विश्वको सुरक्षा सबैको साझा चासोको विषय भएकाले महासभा र सुरक्षा परिषदका सबै आतङ्कवाद विरोधी प्रस्तावलाई कार्यान्वयन गर्न तथा सुरक्षा परिषदद्वारा सूचीकृत सबै आतङ्कवादी संगठन र व्यक्तिलाई कारबाही गर्नु सामूहिक दायित्व भएको उनले बताए ।

हालैका वर्षमा केही देशले आतङ्कवादका मुद्दामा समर्थन गरेकामा खेद प्रकट गर्दै चिनियाँ राजदूतले त्यस्ता गतिविधिले आफूलाई मात्र नभइ समग्र विश्वव्यापी आतङ्कवाद विरुद्धका सहयोगलाई कमजोर बनाउने बताए ।

उनले आतङ्कवादको साझा जोखिम सामना गर्दा सबै पक्षले भूराजनीतिक हिसाबकिताब राख्न नहुने, वैचारिक पूर्वाग्रह त्यागेर, न्यायिक एवं व्यावहारिक ढङ्गले आतङ्कवाद विरोधी सहयोगलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । साथै उनले प्रतिआतङ्कवादका काममा राष्ट्रसंघको केन्द्रीय समन्वयकारी भूमिकालाई सबैले समर्थन गर्नुपर्नेमा जोड दिए ।-सिन्ह्वा