काठमाण्डु – नेपाली सेनाका सहायक रथी डा. दिपक प्रसाद बास्तोला प्राविधिक उपरथीमा बढुवा भएका छन् । मंसिर २३ गते बढुवा भएका डा. दिपक प्रसाद बास्तोलालाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमकाबीच प्राविधिक उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
अवकाश हुनुभन्दा एक महिना अगाडि बढुवा भएका प्राविधिक उपरथी दीपकप्रासद बास्तोला र अन्य दुई जना महासेनानीहरूले दर्ज्यानी चिह्न लगाएका हुन्। उनीहरूलाई मन्त्रिपरिषद्को मंसिर २३ गते बसेको बैठकले बढुवा गरेको हो।




प्रतिक्रिया