काठमाण्डु – नेपाल प्रहरीका उपरीक्षक (एसपी) रामेश्वर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको फैसला उल्टाउँदै सर्वोच्च अदालतले यादवलाई दोषी ठहर गरेको हो ।
सिन्धुपाल्चोक प्रहरी प्रमुख रहेका यादवमाथि २०७० सालमा रुपन्देहीमा रहँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले उनलाई सफाइ दिएपछि अख्तियार सर्वोच्च अदालत पुगेको थियो ।
पुस ५ गते सर्वोच्च अदालतका न्यायाधिशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यादबलाई दोषी ठहर गरेको हो।




प्रतिक्रिया