प्रधानसेनापतिद्धारा उपरथी र मानार्थ उपरथीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिद्धारा उपरथी र मानार्थ उपरथीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान


काठमाण्डु – नेपाली सेनामा विशेष बढुवा भएका र मानार्थकाे दर्जा पाएका दुई जना उपरथीले दर्ज्यानी चिह्न लगाएका छन्। साेमबार प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी कृष्णप्रसाद सापकोटा र मानार्थ उपरथी सुशीलकुमार भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को  पुस ३ गते कसेकाे बैठकले सापकोटलाई उपरथी दर्जामा विशेष बढुवा र भण्डारीलाई मानार्थ उपरथीको दर्जा प्रदान गरेकाे हाे। उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।