काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्।
सोमबार बसेको नवगठित मन्त्रिपरिषद्ले पुसको अन्तिम साता बैठक आह्वान गर्न सिफारिस गरेको थियो। राष्ट्रपतिले नयाँ सरकारको सिफारिस बमोजिम पुस २५ गते दिउँसो १ बजेका लागि दुवै सदनको बैठक आह्वान गरेकी हुन्।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा बुझाएको ३० दिन भित्र नयाँ प्रतिनिधिसभाको बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ।




प्रतिक्रिया