काठमाण्डु– नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ निलम्बित भएका छन् । भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलिरहेका गुरुङलाई मंगलवार संसद सचिवालयले निलम्बित भएको सूचना जारी गरेको हो ।
नेपाली कांग्रेसबाट मनांगबाट प्रत्यक्षमा निर्वाचित भएका गुरुङको मुद्दा अहिले विचाराधीन अवस्थामा छ । उनको मुद्दा चलिरहेकाले सांसद पद निलम्बनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद सचिवालयलाई पत्र पठाएको थियो ।
पूर्वमन्त्री समेत रहेका उनिमाथि काठमाडौं फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अभियोग छ । उनिसहित १६ जनालाई अख्तियारले ०७५ माघमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । गुरुङलाई ३१ करोडको बिगो तोकिएको छ ।





प्रतिक्रिया