प्रचण्डले माधव नेपाललाई फूलमाला लगाएर सरकारमा लैजानु पर्छ: बामदेव गौतम

प्रचण्डले माधव नेपाललाई फूलमाला लगाएर सरकारमा लैजानु पर्छ: बामदेव गौतम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कम्युनिस्ट नेता बामदेव गौतमले नयाँ सरकारमा सहभागी हुन आग्रह गरेका छन् । मंगलबार अध्यक्ष नेपाललाई भेटेर राष्ट्रिय एकता अभियानका संयोजक गौतमले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।

‘अहिले प्रधानमन्त्री प्रचण्ड बन्ने गरी केपी ओलीसँगको गठबन्धनमा नेकपा माओवादी केन्द्र सामेल भएको छ । एकीकृत समाजवादी किन छुट्यो त, यो छुट्न हुँदैन । छुट्यो भने ऐतिहासिक भूल हुन्छ । नेताहरु कुनै माग नै नराखीकन जानुपर्छ ।’, उनले माधव नेपालसँगको भेटपछि भने ।

गौतमले प्रचण्डले अब फूलमाला लगाएर माधव नेपाललाई सरकारमा लैजानुपर्ने बताए । ‘माधव नेपाल छुट्नु हुँदैन । प्रचण्डले उहाँलाई बोलाएर फूलमाला लगाएर लैजानुपर्छ,’ उनले भने ।
प्रचण्डले आफूसँग छलफल नै नगरि नेकपा एमालेसँग मिलेर प्रधानमन्त्री बनेको भन्दै असन्तुष्ट जनाएका छन् । उनले आफ्नो पार्टी सरकारमा सहभागि नहुनेसमेत बताइसकेका छन् ।