असन्तुष्ट बनेका माधव नेपाललाई फकाउदै प्रधानमन्त्री दाहाल

असन्तुष्ट बनेका माधव नेपाललाई फकाउदै प्रधानमन्त्री दाहाल


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरेका छन् ।

आइतबार बिहान भएको भेटमा प्रचण्डले सरकारलाई समर्थन गर्न अध्यक्ष माधव नेपाललाई आग्रह गरेका हुन् । उक्त भेटमा अध्यक्ष नेपालले आफूसँग सल्लाह नगरी एमालेको समर्थनमा प्रधानमन्त्री बनेकोप्रति प्रचण्डसँग गुनासो पोखे ।

त्यसपछि प्रचण्डले नयाँ सरकार बन्ने क्रममा एकीकृत समाजवादीसँग सल्लाह नगर्नु आफ्नो गल्ती भएको स्वीकार गरे । प्रचण्डले समयको अभावले अध्यक्ष नेपालसँग छलफल गर्न नसकेको दावी गरे ।

नेपाली कांगे्रस नेतृत्वको पाँच दलीय गठबन्धनबाट बाहिरिएर एमालेसँग मिल्ने क्रममा प्रचण्डले माधव नेपालसँग छलफल गरेका थिएनन् । त्यसपछि अध्यक्ष नेपाल प्रचण्डसँग असन्तुष्ट छन् ।

नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन फुटेपछि राजनीतिक रुपमा माधव नेपाल एक्लिएका छन् । उनले आफ्नो पार्टी सरकारमा सहभागी नहुनेसमेत बताइसकेका छन् ।