काठमाण्डु- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार सरेका छन् । उनी बुधबार साँझ खुमलटारबाट बालुवाटार सरेका हुन् ।
निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार विहानमात्र बालुवाटार छाडेका थिए । प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको साइतमा बालुवाटार प्रवेश गरेका हुन् ।
देउवाले बालुवाटार छाड्न ढिला गरेपछि आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्ड आफ्नो निजि निवासमा बसेका थिए ।




प्रतिक्रिया