अख्तियार प्रमुखमा घिमिरेकाे नाम सिफारिस

अख्तियार प्रमुखमा घिमिरेकाे नाम सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीन घिमिरेलाई सिफारिस गरेको छ।

दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि घिमिरे अख्तियारकाे कार्यवाहक भएका थिए । बुधबार बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत घिमिरेको नाममा सहमति जनाएका थिए । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, कानून मन्त्री तथा उपसभामुख सदस्य रहने व्यबस्था छ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिश गर्न बसेको परिषद्को बैठकले नै घिमिरेको नाम सिफारिश गर्ने चर्चा थियो । परिषद्ले सर्वोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिश गरेको थियो ।