काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक पार्टीका नेता नधाउन प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रहरी प्रधान कार्यालय,नक्साल पुगेर लामिछानेले प्रहरी संगठनका उच्च अधिकृतहरु सरुवा बढुुवाका लागि नेताहरुको घरघरमा जाने परम्परा रहेकाले आफूले त्यो अन्त्य गर्ने बताएका हुन् ।
उनले कानुन र विधिसम्मत् प्रहरीको बढुवा र सरुवा हुने भन्दै सोहीअनुसार आचारण देखाउन निर्देशन दिएका हुन् । आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’ उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए ।
कामको शिलशिलाबाहेक राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका अधिकारीसँग विभागीय अनुमतिबिना नभेट्न प्रहरीलाई निर्देशन दिएको भोलिपल्ट उपप्रधान तथा गृहमन्त्री लामिछाने प्रहरी प्रधान कार्यालयमा पुगेका हुन् ।




प्रतिक्रिया